नियम ८१क
शैक्षिक योग्यता र तालीमको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने
निजामती सेवामा प्रवेश गरेपछि कुनै निजामती कर्मचारीले नेपाल
सरकारबाट मनोनयन भै विदेशी विश्वविद्यालय वा मान्यता प्राप्त शिक्षण संस्थाबाट हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र
बाहेक अन्य प्रकारबाट हासिल गरेको विदेशी विश्वविद्यालयको शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेको मितिले तीन महिनाभित्र पेश
गर्नु पर्नेछ । त्यस्तो प्रमाणपत्र पेश गर्दा देहायका कागजातहरु पेश गर्नु अनिवार्य हुनेछ :-–
(क) लब्धाड्ढ पत्र ।
(ख) प्रमाणपत्र ।
(ग) अवधि खुल्ने विदा लिएको प्रमाण ।
(घ) स्थानान्तर प्रमाणपत्र ।
(ङ) समकक्षता निर्धारण गरेको प्रमाणपत्र ।
(च) मिति र समय खुलेको परीक्षा कार्यक्रम ।
(छ) परीक्षा शुल्क बुझाएको रसिद वा प्रमाण र प्रवेशपत्र वा तत्सम्बन्धी अन्य कुनै प्रमाण ।